ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले पालिकाभरीका विद्यालयमा आइतबारको बिदा लागु नगर्ने निर्णय गरेको छ।
गत जेठ १ गतेदेखि सरकारले सार्वजनिक निकायहरुमा परीक्षणका रुपमा साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरी गत वैशाख २६ गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो।
फुङलिङ नगरपालिकाका वडा नं २ का वडाध्यक्ष समेत रहेका नगर कार्यपालिकाका प्रवक्ता मोहन न्यौपानेका अनुसार नगरपालिका भित्रका विद्यालयहरुमा साविक झैं प्रत्येक शनिबार र अन्य सार्वजनिक बिदा बाहेक आइतबारको बिदा लागु हुने छैन।