नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय शृंखला खेल्दै, आज पहिलो खेल कतारसँग

न्युजलय ३० कार्तिक २०७८, मङ्गलबार ०७:१० मा प्रकाशित

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारमा मंगलबार(आज) देखि ऐतिहाँसिक अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्दै छ।

कतारसँगको तीन खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेल आज  हुँदै छ। नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको हो।

नेपालले टीट्वेन्टी विश्वकपको एसियाली छनोटको पूर्व सन्ध्यामा यो शृंखला खेल्न लागेको हो।

नोभेम्बर २२ देखि सुरु हुन लागेको एसियाली छनोटमा भुटान, हङकङ, कुवेत, मलेसिया र यूएईले पनि खेल्नेछन्। प्रतियोगिताको शीर्ष टोली विश्वकपको विश्वस्तरको छनोटमा पुग्ने छ।