नेप्से २७.९२ अंकले घट्यो

न्युजलय २९ साउन २०७९, आइतबार ०९:०८ मा प्रकाशित

काठमाडौँ । साताको पहिलो दिन आइतबार(आज) पनि सेयर बजार राताम्मे भएको छ । 

सबै सूचकहरु ओर्लिएका छन् । परिसूचक नेप्से २७.९२ अंक घटेर २०१० अंकमा कायम भएको छ । कुल १ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भयो ।

बैंकिङ ८, विकास बैंक ४७, फाइनान्स ४५, होटल तथा पर्यटन २१, जलविद्युत् ४६, जीवन बीमा २३३, उत्पादन १९०, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ५३, अन्य १६ र ब्यापार उपसमूह ४७ अंक घटे । कुल १८ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ३ को स्थिर रह्यो ।

अपर हेवाखोलाको मूल्य ८ प्रतिशत बढ्यो ।