प्रमुख निर्वाचन आयुक्त थपलियाको कविता संग्रहको लोकार्पण

न्युजलय १५ पुस २०८०, आइतबार ०२:५४ मा प्रकाशित

इटहरी । चर्चित गीतकार, कवि एवम् प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कविता संग्रह ‘म गाउँ फर्किन्छु’को लोकार्पण कार्यक्रम इटहरीमा सम्पन्न गरिएको छ ।


अच्छा राई रसिक साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपाने, विशेष अतिथि इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेललगायतबाट सामुहिक रुपमा लोकार्पण गरिएको हो ।


पुस्तक लोकार्पण पश्चात समिक्षक कवि टिका आत्रेय र डा. दीपक न्यौपानेले पुस्तकको विषयमा समिक्षा गरेका थिए ।


कार्यक्रममा कवि दिनेश थपलियाले संग्रह भित्रका कविता वाचन गरेका थिए । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, साहित्यकार अनिल पौडेललगायत विभिन्न साहित्यकार, कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।