र्‍यापर लाउरे खैरो हेरोइनसहित पक्राउ

न्युजलय १५ पुस २०७८, बिहिबार ०६:२५ मा प्रकाशित

काठमाण्डौ । लाउरे भनेर चिनिने र्यापर आशिष राना पोखराबाट पक्राउमा परेका छन् ।

उनलाई लागुऔषध सम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार साँझ पोखराबाट उनी पक्राउ परेका हुन् ।

उनीसँगै उनका चार जना साथीहरु पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बिहीबार सार्वजनिक बिदा भएकाले शुक्रबार उनीहरुमाथि म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने पनि प्रहरीले जनाएको छ ।