काठमाण्डौ । संयुक्त राष्ट्रसंघको विशेष महासभामा नेपाल सहित १४१ देश रुसी आक्रमणविरुद्ध युक्रेनको पक्षमा मतदान गरेका छन् ।
राष्ट्रसंघले युक्रेनमाथि आक्रमण रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रुससँग माग गर्दै प्रस्ताव पारित गरेको छ। यसमा नेपालसहित १४१ देशले मत दिएका छन्।
यसको विपक्षमा पाँच देशले मात्रै मत दिएका छन्। जसमा युक्रेनसहित बेलारुस, उत्तर कोरिया, इरिट्रिया र सिरिया रहेका छन्। रुसी सेनाले बेलारुस भएर पनि युक्रेनमा आक्रमण गरिरहेका छन्।
नेपालका छिमेकी राष्ट्र भारत र चीन भने मतदानमा अनुपस्थित रहे। त्यस्तै, ३४ देशले मतदानमा भाग लिएनन्। त्यस्तै, सार्कका सदस्य राष्ट्र पाकिस्तान, बांगलादेश र श्रीलंका पनि मतदानमा भाग लिएनन्।
एक सातादेखि रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ। नेपालले शुरुआतदेखि नै यसको विरोध गरेको थियो।