इटहरीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

न्युजलय १४ मङ्सिर २०८०, बिहिबार ०१:५६ मा प्रकाशित

इटहरी । जंगली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको ज्यान गएको छ । इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकका रविन खड्काको ज्यान गएको हो ।


राति करिब साढे ९ बजेतिर वस्तीमा देखिएको हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको थियो । 


केही दिनयता जंगल क्षेत्रबाट निस्कने हात्तीका कारण इटहरीको उत्तरी क्षेत्रका वासिन्दा जाग्राम बसेर हात्ती खेदाउन बाध्य छन् । दैनिक हुल बाँधेर आउने हात्तीले बाली नाली खाने र घर भत्काउने डरले स्थानीयहरु त्रसित हुने गरेका छन् ।