घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

न्युजलय ११ माघ २०७८, मङ्गलबार ०९:११ मा प्रकाशित

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रुपन्देहीको देवदहस्थित घोडाहा जंगलमा दुई जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार महिला र बालिकाको शव जंगलमा फेला परेको हो  जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । उनीहरूको पहिचान अझै खुल्न सकेको छैन । 

महिला र बच्चाको शव फेला परेको र हत्या वा आत्महत्या के हो घटनाको अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । शवको अवस्था हेर्दा हत्या गरी फालिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।