एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

न्युजलय २८ मङ्सिर २०७८, मङ्गलबार ०८:४५ मा प्रकाशित

काठमाडौं । एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।

हिउँदे अधिवेशनको पहिलो दिनको बैठक नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले पुस ६ गतेसम्मका लागि संसदको बैठक स्थगित गरेका हुन् ।

एमालेको विरोधका बावजुद सरकारले मंगलवार प्रतिनिधि सभाका केही अध्यादेश टेबल गरेको छ ।