आज नेप्से बन्द रहने

न्युजलय ७ चैत २०७९, मङ्गलबार ०२:४१ मा प्रकाशित

काठमाडौँ । घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।

पछिल्लो केही सातायता नेप्से ओरालो यात्रामा छ।