आठ लाख रुपैयाँको अबैध सुनसहित सप्तरीका अली पक्राउ

न्युजलय १६ फाल्गुण २०७८, सोमबार १०:४२ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट ९४.९ ग्राम अबैध सुनसहित एक जना पक्राउ परेका छन् । 

कतार दोहाबाट काठमाडौँ आएका सप्तरी मौवावेल्हीका एमडी सौकात अली करीब ८ लाख रुपैयाँ बराबरको सुनका ब्रासलेटसहित पक्राउ परेको बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 

भन्सार छलि गरेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।