किशोरकिशोरी झुण्डिएको अवस्थामा मृत फेला

न्युजलय ३ भदौ २०७९, शुक्रबार ०९:२१ मा प्रकाशित

 बैतडी । बैतडीमा दुईजना रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सिगास गाउँपालिका –५ रातापोडका अन्ताजी २२ वर्षीय केशव दमाइ र अन्ताजी १८ वर्षीया किशोरी रमिता विक खैरकोटमा रहेको भुवनेश्वरी मावि नजिक रुखमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

दुवैजनाको शव पोष्टमाटमको लागि पाटन ल्याइँदैछ। दुवैजना प्रेम सम्बन्धमा रहेको स्थानीय नरेन्द्र साउदले बताए ।मृतक रमिता भुवनेश्वरी माविमा कक्षा १० मा अध्यानरत थिइन् । 

स्थानीयहरुले बिहीबार साँझ दुवैजना रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।