आज पहाडी भू-भागमा आंशिक बदली हुने

न्युजलय २९ मङ्सिर २०७८, बुधबार ०१:०८ मा प्रकाशित

काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहने भएको छ । तर, देशको पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूवार्नुमान महाशाखाले जानकारी दिएको छ ।


नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको  पहाडी भू भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा महाशाखाले जानकारी दिएको छ ।

 

तर, देशभर चिसो बढिरहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरिएको छ ।