काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार (वैशाख १८ गते) अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएसँगै नेप्से पनि बन्द हुने भएको हो ।
अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक २० अंकले घटेर २३५६.१७ विन्दुमा अडिएको छ ।