काठमाडौं । रुकुम पश्चिममा घरको चुलो नजिकै सुताएका एक नवजात शिुशुको जलेर मृत्यु भएको छ । चौरजहारी नगरपालिका ६ शान्तिबजारमा आज बिहान ओछ्यानमा आगो सल्किएर १९ दिने नवजात शिशुको ज्यान गएको हो ।
सुतिरहेको ओछ्यानमा आगो सल्किँदा रिमबहादुर रोकाका १९ दिने शिशु सुनिलको जलेर ज्यान गएको हो । बच्चालाई जोगाउन खोज्दा २४ वर्षीया आमा निर्मला रोकाका दुई वटै हात पोलोर घाइते भएकी छन् ।
चुलो नजिक ओछ्यान रहेको र आगो सल्किएपछि शिशुको ज्यान भएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण डाँगीले जानकारी दिए ।
घाइते भएकी आमा चौरजहारी अस्पतालमा उपचारपछि घर फर्कीएकी छन् । आमा कामले कोठा बाहिर गएका बेला ओछ्यानमा आगो सल्किएको बताइएको छ ।