महिला साकोसद्वारा सदस्य शिक्षा तथा सदस्य बिस्तारित मन्च कार्यक्रम सम्पन्न

न्युजलय ८ चैत २०७८, मङ्गलबार ०७:०८ मा प्रकाशित

इटहरी । महिला साकोस, इटहरीचौक संकलन केन्द्रले सदस्य शिक्षा तथा सदस्य बिस्तारित मन्च कार्यक्रम सम्पन्न गरेको छ । 

सोमबार इटहरी–६, अनामनगरमा संचालक सदस्य तथा संकलन केन्द्र ब्यवस्थापन उपसमिति संयोजक पूनम थापा मगर अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।  

संचलक सदस्यहरु रुद्रमाया भट्टराई, जानुकला तामाङ तथा लेखा सदस्य धनुकला नाल्वोको पहलमा शेयर सदस्यलगायत अन्य ३६ जनाको  उपस्थितिमा संस्थाको बचत तथा ऋणका सेवाहरु, ब्याजदर सदस्य लाभका विषयबस्तु बृहत छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो ।