कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

न्युजलय ११ बैशाख २०८१, मङ्गलबार ०६:४९ मा प्रकाशित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ ।

राजधानीका मुख्य सडक र क्षेत्रमा कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतमा उनको फोटो अङ्कित स्वागत द्वारहरू राखिएका हुन् । 

कतारी राजा अल थानी आज अपराह्न काठमाडौँ उत्रिँदै छन् । दुई दिने राजकीय भ्रमणका लागि उनी आफ्नो निजी विमानमा आउन लागेका हुन् ।

उनको सुरक्षालाई दृष्टिगत गरि नेपाली सेनाले उनलाई ए ग्रेडको सुरक्षा दिने तयारी गरेको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७ को व्यवस्था अनुसारलाई उनलाई मुख्य घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको हो ।