९.७५ अंकले घट्यो नेप्से

न्युजलय २० असार २०७९, सोमबार ०९:०५ मा प्रकाशित

काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक नेप्सेमा उतारचढाव देखिएको छ । 

२०९५ अंकबाट खुलेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा नेप्से ९.७५ अंकले घटेर २०७६ अंकमा बन्द भयो । 

नेप्से घटे पनि कारोबार रकमले छलाङ मारेको छ । कुल ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भयो । कुल ७१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । 

बैंकिङ १, विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ४६, जलविद्युत् १३, उत्पादन ४५, माइक्रोफाइनान्स ६० र अन्य उपसमूह २७ अंक घटे । ब्यापार १०४, निर्जीवन बीमा ४८ र जीवन बीमा ५५ अंक बढे । 

सीवाईसी लघुवित्त र ङादी ग्रुपको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावरको मूल्य ७.७ र एसटीसीको मूल्य ६.८ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली र माथिल्लो तामाकोसी क्रमशःअगाडि रहे ।