काठमाडौं । मंगलबार विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
त्यसो त दिनैभरी शुभ साइत रहेकोमा उक्त समय विशेष रहेको बताइएको छ ।
समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय निकालेको छ ।