शेयर बजार सामान्य बढ्यो

न्युजलय २२ चैत २०७९, बुधबार ०९:१४ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार बुधबार (आज) भने सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ३९ अंकले बढेर एक हजार ८ सय ७५ दशमलव शून्य सात बिन्दुमा पुगेको छ । आज उत्पादन र निर्जीवन बीमा बाहेक अरु समूहको शेयर सामान्य बढेको छ ।

बजार सामान्य बढे पनि कारोबार रकममा भने सुधार आएको छैन । २ सय ६२ वटा कम्पनीका २६ लाख दुई हजार कित्ता शेयर ८१ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ६ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै कालीञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशत तथा लक्ष्मी लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।