सुन तोलामा ६ सय रुपैयाँले बढ्यो

न्युजलय ४ फाल्गुण २०८०, शुक्रबार ०६:११ मा प्रकाशित

काठमाडौँ  शुक्रबार(आज) सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले बढेको छ । 

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।