कोरोना संक्रमित पुरुषको मृत्यु

न्युजलय १४ फाल्गुण २०७८, शनिवार ०५:२८ मा प्रकाशित

नेपालगञ्ज । भेरी अस्पतालमा मुगुका ५७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

फागुन १ गते पीसीआर गर्दा संक्रमण पुष्टि भएपछि उनलाई ४ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो। उनको शनिबार बिहान मृत्यु भएको बताइएको छ । 

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ४४९ जना संक्रमितको मृत्यु भएको छ।