सन्दीपलाई अमेरिकामा समर्थकहरुले खोजेपछी...

न्युजलय २१ जेठ २०८१, सोमबार ०६:५७ मा प्रकाशित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टोली आइतबार नेपाली समर्थकहरुमाझ उपस्थित भयो । 

नेपाल क्रिकेट संघ क्यानका अध्यक्षसहित खेलाडी र अफिसियलहरु सहभागी भएको कार्यक्रममा समर्थकहरुले कप्तान रोहित पौडेल र अध्यक्ष चन्द बोल्दा नेपालमै छुटेका सन्दीप लामिछानेको खोजी गरेका थिए ।

सन्दीपलाई अमेरिकन राजदूतावासले भिसा नदिए पछि जान नपाएका हुन् । सन्दीपको खोजी भइरहँदा कप्तान पौडेलले कुनै जवाफ दिएनन् भने अध्यक्ष चन्दले समर्थकहरु माझ झोक्किँदै उनले आफूहरुले सक्दो प्रयास गरेको बताए ।  

नेपाली टिमले मंगलबार नेपाली समय अनुसार राति सवा ९ बजे नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।