यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०१:४९ मा प्रकाशित

काठमाडौं । सोमबार देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल कुनैपनि मौसमी प्रणालीको प्रभाव नभएको महाशाखाले जनाएको छ।


कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।