गाईघाटबाट काँकडभिट्टा गइरहेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २६ घाइते

न्युजलय ४ कार्तिक २०८१, आइतबार ०४:४९ मा प्रकाशित

सप्तरी । कञ्चनरुप नगरपालिका बरमझियामा बस दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठजना गम्भीर घाइते भएका छन् ।

उनीहरूलाई  उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा  भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीको भनाइ छ।