काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ ।
बुधबार (आज) देखि बैशाख २९ सम्म इच्छुकहरुले फार्म भर्न सक्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।
दोब्बर दस्तुरको हकमा जेठ ५ भित्र दरखास्त भरी पेस गर्नुपर्नेछ ।