काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट १५ र एन्टिजेन परीक्षणबाट ४ जनामा कोरोना पुष्टि भएको हो ।
यस अवधिमा ४ हजार ७१५ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ३ हजार ३४९ र एन्टिजेन परीक्षण १३६६ भएको छ । २४ घण्टामा ४९ जना कोरोनामुक्त भएका छन् ।
कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ । २४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ०।४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।