ब्राउन सुगर सेवन गर्दै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ

न्युजलय ४ माघ २०७८, मङ्गलबार ०२:३९ मा प्रकाशित

नेपालगञ्ज । ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा बाँकेका एक वडाध्यक्ष पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामचरण थारुसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ब्राउन सुगर खाने तयारी गरिरहेको अवस्थामा सोमबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । थारुका विषयमा यसअघि पनि कयौं पटक उजुरी आइसकेको खनालले बताए । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।