प्याकुरेल सेवा समाज नेपालको अध्यक्षमा आशिष निर्वाचित

न्युजलय ७ असोज २०८३, बुधबार ११:०४ मा प्रकाशित

मोरङ । प्याकुरेल सेवा समाज नेपालको तेस्रो केन्द्रीय अधिवेशनबाट आशिष प्याकुरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। गोकर्ण रिसोर्ट, मोरङमा सम्पन्न अधिवेशनले २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

देशभरबाट ३०० भन्दा बढी प्याकुरेल बन्धुको सहभागिता रहेको अधिवेशनमा राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल प्रमुख अतिथि तथा पूर्वअध्यक्ष उमानाथ प्याकुरेल सभाध्यक्ष रहेका थिए।

नवनिर्वाचित अध्यक्ष आशिष प्याकुरेलले बिरामी तथा अशक्त बन्धुलाई उपचार सहयोग, प्याकुरेल समुदायलाई एकताबद्ध गर्ने तथा असहाय परिवारका छोराछोरीलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

अधिवेशनले पूर्वअध्यक्ष उमानाथ प्याकुरेललाई आजीवन संरक्षक घोषणा गरेको छ।