काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईमाथि विजयी प्राप्त गरेकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। नेपालले डिएल मेथलबाट ९ रनले युएईलाई पराजित गरेको हो।
यो जितसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो।
‘आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु। लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई,’ उनले लेखेका छन्।