इटहरीमा ७२ सहित प्रदेश एकमा थप १ हजार ७१ जनामा कोरोना पुष्टि

न्युजलय ५ माघ २०७८, बुधबार ०३:०३ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


१ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना सङ्क्रमण भएको हो ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५(५, भोजपुर र उदयपुरमा ४(४, सङ्खुवासभामा ३, ताप्लेजुङमा २, ओखलढुङ्गा, तेहृथुम र सोलुखुम्बुमा १(१ र प्रदेश १ बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको हो ।


यस्तै, इटहरीमा आज ७२ जनामा कोरोना संक्रमण देखिएको छ । 


प्रदेश १ मा आज ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १८ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।