जलाइयो उपेन्द्र यादवको पुत्ला

न्युजलय २३ असोज २०७८, शनिवार १०:०४ मा प्रकाशित

धनुषा । पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा वीरगन्जमा विरोध प्रदर्शन गरिएको छ । योसँगै ्मन्त्रिपरिषद् विस्तारपछि जनता समाजवादी पार्टी नेपालभित्रको विवाद छताछुल्ल भएको छ । 

पर्साबाट चुनाव जितेका प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै कार्यकर्ताहरुले नाराजुलुस, र्याली तथा पुत्ला दहन गरेर विरोध प्रदर्शन गरिरहेका छन् । असन्तुष्ट नेता कार्यकर्ताहरूले पार्टी कार्यालयको साइनबोर्ड र पार्टीको झण्डा पनि जलाएका छन् । कार्यकर्ताहरुले अध्यक्ष यादवलाई पर्सामा निषेध गर्ने घोषणा गरेका छन् । 

प्रदर्शनमा सांसद प्रदीप यादवले जनाधार र योगदानको कदर गर्नबाट नेतृत्व गम्भीर रुपमा चुकेको आरोप लगाए । 

जसपाबाट मन्त्री बन्ने तयारीमा रहेका प्रमोद साहको नाम अन्तिम समयमा हटाइएको थियो । उनको नाम हटाएर महेन्द्रराय यादवको नाम समावेश गरिएको थियो ।