इटहरी चिनाउँदै मिस्टर एन्ड मिस नेसनल नेपालको टप १५ मा सिसम, भोटको अपेक्षा

न्युजलय १९ बैशाख २०८१, बुधबार ०१:१३ मा प्रकाशित

काठमाडौँ । इटहरीकी सिसम उप्रेती मिस्टर एन्ड मिस नेसनल नेपालको टप १५ मा पुगेकी छिन् ।


इटहरी ५ घर भएकी उप्रेती टप १५ सम्म पुगेकी र अर्को राउण्डमा प्रवेश गर्नको लागि बुधबार बिहान सम्मको समय रहेको बुवा केदार उप्रेतीले जानकारी दिए ।


निलगिरी कलेजबाट फुड टेक विषयमा स्नातक गरेकी उप्रेतीले जीवन विज्ञानको प्रशिक्षक भएर आध्यात्मिक चिन्तनलाई संसार भर फैलाउने लक्ष्य रहेको बताएकी छिन् । अध्ययनका अलावा सामाजिक कामहरुमा रुची राख्ने उप्रेतीले इटहरी र कोशी प्रदेशलाई चिनाउने सपना बोकेकी छिन् ।


उप्रेतीलाई धेरै भन्दा धेरै भोट गरिदिन बुवा केदारले अनुरोध गरेका छन् । सिसमलाई जिताउन खल्ती एपमा रहेको मिस् नेसनलमा गएर कन्टेस्टेन्ट नम्बर १५ मा भोट गर्न सकिने उनले बताए ।


प्रतियोगिताको फिनाले वैशाख १९ गते काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। विजेताहरूलाई पाँच लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एन्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने बताइएको छ ।