कांग्रेस उपसभापतिमा विजय गच्छदार र चन्द्र भण्डारीको कडा प्रतिस्पर्धा

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०२:३४ मा प्रकाशित

काठमाडौं । कांग्रेस महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । कांग्रेस पार्टी कार्यालय सानेपामा जारी मतगणनामा ९ सय मत गन्दा पूर्णबहादुर खड्का सबैभन्दा अगाडि देखिएका छन् ।


उनको भन्दा ३ मत कम ल्याएर धनराज गुरुङले उनलाई पछ्याइरहेका छन् ।


यी दुईपछि विजय गच्छदार र चन्द्र भण्डारी झन्डै बराबर मतका साथ सँगसँगै अगाडि बढेका छन् । उपसभापतिमा गुरुङ र भण्डारी शेखर कोइराला प्यानलका हुन् भने गच्छदार र खड्का सभापति शेरबहादुर देउवा प्यानलका ।