विराटनगर महानगरपालिकाको भवन शिलन्यास

न्युजलय २१ चैत २०७८, सोमबार ०२:१४ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहजरुपले सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ नगर कार्यालय भवन निर्माण शुरु गरेको छ । विराटनगर नगरपालिका–७ स्थित ६ कठ्ठा जग्गामा १४ करोड ६३ लाख ५५ हजार ५९० लागतमा नयाँ भवन निर्माण हुने इञ्जिनीयर अर्जुन थापाले जानकारी दिए । 


आगामी दुई वर्षमा भवन निर्माण सम्पन्न गरिने छ । महानगरका प्रमुख भीम पराजुलीले भवनको आज शिलन्यास गरे । नयाँ भवनबाट सेवाग्राहीले सेवा प्राप्त गरेपछि प्रशासनिक काम सहज हुने विश्वास व्यक्त गरे ।