नयाँ वर्षमा मोटरहेडको ‘स्क्र्याच एण्ड क्याच अफर

न्युजलय १६ चैत २०७८, बुधबार ०५:३३ मा प्रकाशित

 इटहरी । नयाँ वर्ष २०७९ को अवसरमा मोटरहेडले ‘स्क्र्याच एण्ड क्याच अफर’ सञ्चालनमा ल्याएको छ । 

एड्भेन्चर सेग्मेन्टमा पृथक पहिचान बनाएको मोटरहेडको नेपाली आधिकारीक वितरक ‘एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.ली’ ले नायँ वर्षको अवसरमा ग्राहकहरुलाई लक्षित गरेर यो अफर ल्याएको जानकारी दिएको छ ।

यो अफर चैत्र १५ गतेदेखि आगामी २०७९ को वैशाख ३१ गतेसम्म सञ्चालन गर्ने एसएलआरले जानकारी दिएको छ । अफर अन्तर्गत मोटरहेडका बाईक खरीद गरेवापत ग्राहकले सात हजारदेखि एक लाखसम्म स्क्र्याच गरि छुट पाउन सक्नेछन् । 

यो अफर अवधिभर खरीद गर्ने एक जना भाग्यशाली विजेताले दुई लाख सात हजार नौ सय नगद पुरस्कार पाउने छन् । मोटरहेडका देशैभर रहेका आधिकारीक वितरका शोरुमहरुबाट लिन सकिने छ ।   

मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स–सर्भिस–स्पेयर को सुविधा सहित डिलर सञ्चालन गरिरहेको छ । साथै बिक्रिपछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारीक मर्मत केन्द«को पनि विस्तार गर्दै आएको जानकारी दिएको छ ।

हाल मोटरहेडका वाइकहरु तीन लाख पाँच हजारदेखि अधिकतम् चार लाख ५५ हजारसम्म उपलब्ध रहेका छन् । सबैको पहुचमा रहेको मोटरहेड वाइकको यहि मुल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको कम्पिनीको विश्वास छ ।