मओवादी र रास्वपा बाहेकका सबै दल कांग्रेस–एमाले गठबन्धनको पक्षमा
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनसहित सत्तासहकार्यका लागि सात बुँदे सहमति भएको छ ।
दुई दलबीचको सहमतिमा संघीय संसद्को कार्याकालभर आधा–आधा सरकारको नेतृत्व बाड्ने पनि सहमति भएको छ ।
सहमति अनुरुप पहिले सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै वर्तमान प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
तर, माओवादी र अर्को सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी नहुने निर्णय गरेका छन् ।
बाँकी साना दलहरू भने ओली नेतृत्वको सरमारमा सहभागी हुन सकारात्मक देखिएका छन् ।