भोजपुर षडानन्दको मेयरमा एमालेका उदास विजयी

न्युजलय ३ जेठ २०७९, मङ्गलबार १०:१५ मा प्रकाशित

 भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका सुरेन्द्र उदास मेयरमा निर्वाचित भएका छन् । 

गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका वीरबल राईलाई १०१५ मतले पछि पार्दै उदास बिजयी भएका हुन् ।  

उदासले ६७७२ मत ल्याउँदा राई ५७५७ मतमा रोकिए । उपमेयरमा भने माओवादीकी प्रमिला राई विजयी बनिन् । उनले ७२५७ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेकी मेरिका राईले ४३५८ मत ल्याइन् ।

यो नगरपालिका सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एसका सचिव एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको गृहपालिका हो ।