इटहरी । इटहरी उपमहानगरपालिका वडा नं.४ को वडाध्यक्षका लागि नेकपा एमालेले १४ जनाको नाम सिफारिस गरेको छ ।
यसरी सिफारिस हुनेमा टोलविकास संस्थाका इटहरीकै कान्छा अध्यक्ष सुनिल कार्की र हालका वडाध्यक्ष चन्द्रप्राद भट्टराईसमेत छन् ।
यस्तै, वडाध्यक्षमा सिफरिस हुनेमा कृष्ण कुमार खत्री, जनक कार्की, डम्बर बहादुर बराइली, ढुन्डीराज गुरागाई, डिक बहादुर राई, दिपक गौतम, पार्वता बराइली, भजन पौडेल, भक्त लामा, रन्जु सिग्देल, शान्तिराम गौतमर सुर्य प्रसाद बराल रहेका छन् ।
हालका वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले वडाध्यक्ष दोहोर्याउने इच्छा राखेका छन् । उनको कार्यलाई वडावासीले मिश्रित प्रतिक्रिया दिएका छन् । वडामा खासै उदाहरणीय काम केही नभएको भन्ने केही वडावासीको भनाई छ भने केहीले चाहिँ सडक र पूर्वाधारमा प्रगती भएको बताएका छन् ।
यस्तै यता इटहरीकै कान्छा टोलविकास समिति अध्यक्ष तथा एमाले वडा नं.४ कमिटि अध्यक्ष सुनिल कार्कीले भने टोलविकास संस्था, पार्टीको वडा कमिटिको नेतृत्व गर्दा सिकेको सीप र आफ्नो पढाइको विषयलाई वडाको विकासमा लगाउने इच्छा व्यक्त गरेका छन् । केही एमाले नेताहरुले युवा उमेर भएकोले कार्कीले राम्रो सँग जिम्मेवारी सम्हाल्न सक्नेमा शंका गरेका छन् भने अधिकांशले कार्कीको भिजन, नेतृत्व सीप, निर्णय तथा समन्वय क्षमताको प्रसंसा गरेका छन् ।
अन्य आकांक्षीहरुहरुबारे भने खासै चर्चा हुने गरेको छैन ।