धरान । वीपी प्रतिष्ठान धरानमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान ८ की ५२ वर्षीया महिलाको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो।
महिलामा मृगौला सम्बन्धी समस्या मधुमेहदेखि उच्च रक्तचापको समस्या रहेको डा. पोखरेलले बताए। आइतबार पीसीआर परिक्षणमा पोजिटिभ रिपोर्ट आएपछि उनलाई सोमबार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
महिलाको मृत्युसँगै प्रतिष्ठानमा हालसम्म संक्रमितको उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या ४ सय ३५ जना पुगेको छ।