काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।
दोलखाका अजित गोले शौचालयभित्र मृत फेला परेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उनले गोली हानेर आत्महत्या गरेको बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।