७ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा मोरङका बिष्ट पक्राउ

न्युजलय २५ पुस २०७८, आइतबार ०५:३८ मा प्रकाशित

विराटनगर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्टलाई भोजपुर प्रहरीले पक्राउ गरेको हो ।

भोजपुर षडानन्द नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने  उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।