प्रमुख प्रशासकीय अधिकृत मेहतालाई सम्मान सहित विदाई

न्युजलय २० माघ २०७८, बिहिबार ०१:२८ मा प्रकाशित

इटहरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेपछि रामप्रसादराई गाउँपालिका भोजपुरले प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहतालाई ससम्मान विदाई गरेको छ । उनको भोक्राहा नरसिंह गाउँपालिका सुनसरीमा सरूवा भएको छ ।


उनी करिब दश महिना सो गाउँपालिकामा कार्यरत रहे । सो अवधिमा निजले उल्लेखनिय प्रशासनिक सुधार गरी सेवा प्रवाहलाई सहज, सरल, छिटो, छरितो र प्रभावकारी बनाएको कारण गाउँपालिकाले अधिकृत मेहतालाई कदरपत्र सहित विदाई गरेको हो। उनको कार्यकालमा रामप्रसादराई गाउँपालिकामा भएका असल अभ्यासहरू, योजना कार्यक्रमको प्रगति विवरण वेभसाइट मै सार्वजानिक गरिएको छ ।