झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय १० बैशाख २०७९, शनिवार ०२:४७ मा प्रकाशित

झापा । झापा जिल्लाको बाह्रदशी ३ चारपाने राजगढ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।


बिहीबार राति साँढे ११ बजे प्रदेश २ ०३ १९ प १८६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।


दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाह्रदशी २ का १९ वर्षीय दिपेश बिस्टको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ।