प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे

न्युजलय ११ चैत २०८१, मङ्गलबार ०६:४० मा प्रकाशित

विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।


केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए भने महासचिवमा हिरामान लामा नै दोहोरिए । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ । त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।


विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे अध्यक्ष भएका हुन् । राईले अध्यक्षको लागि निर्वाचन हुनुपर्ने माग राखेका थिए । उनको माग पुरा नभएपछि लामो सम्बोधन गर्दै उनले दावी छाडेका थिए । 


महाधिवेशनलाई पृथ्वीसुब्बा गुरुङ, भानुभक्त ढकाल, राजेन्द्र गौतमलगायतले सम्बोधन गरेका थिए । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले प्रेस चौतारी नेपाललाई परिणाम दिन सक्ने नेतृत्व आवश्यक रहेको उनले बताएका थिए । अहिले नेकपा एमाले र देश गम्भीर संकटमा रहेको बताउँदै सबै एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।