नेप्से ४.९७ अंक बढ्यो, कारोबार रकम भने घट्यो

न्युजलय १८ माघ २०७९, बुधबार ०९:०६ मा प्रकाशित

काठमाडौँ । बुधबार(आज)  सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ६ करोड घटेको छ । 

मंगलबार कुल २ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १ अर्ब ७६ करोडमा खुम्चिएको हो । कारोबार रकममा उल्लेख्य कमी आउँदा परिसूचक नेप्से सामान्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से ४.९७ अंक बढेर २११६ अंकमा कायम भएको हो । ११० कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने १३ को स्थिर रहृयो ।