धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

न्युजलय १९ माघ २०७८, बुधबार ०६:२४ मा प्रकाशित

धरान । बीपी प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

धरान–१० का ५८ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिएका छन् ।

गत माघ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भइ १६ गते अस्पताल भर्ना भएका थिए । उनको बुधबार बिहान सात बजे कोभिड अस्पतालमा निधन भएको अस्पतालको भनाइ छ । 

कोरोनाको खोप समेत लगाएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको पोखरेलले जानकारी दिए । उनको शवको व्यवस्थापन नियमअनुसार हुने अस्पतालको भनाइ छ ।