काठमाण्डौ । सल्यानमा भीरबाट खसेर प्रहरी जवानको मृत्यु भएको छ ।
ड्युटीका लागि पोस्टमा गएका इप्रका शीतलपाटीमा कार्यरत प्रहरी जवान पवन केसीको नजिकैको भीरबाट खसेर मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।
सल्यान प्रहरीका अनुसार उनको ड्युटी सोमबार बिहान २ देखि ६ बजेसम्म थियो । ड्युटीमा नभेटेपछि रातभर उनको खोजतलास गरिएको गरिएको थियो । करिब ५० मिटर तल केसी मृत अवस्थामा भेटिएका थिए ।
ड्युटी पोस्टबाट केही टाढा पर्ने भीरमा उनी किन गए भन्ने नखुलेको र अनुसन्धान भइरहेको जनाइएको छ । मृतक केसी पश्चिमरूकुमका हुन् ।