धनगढी । डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
डोटीको पूर्वीचौकी गाउँपालिका–१ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन। जीप के कारणले दुर्घटना भएको हो भन्नेबारे पनि खुलेको छैन। अहिले जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी टोली घटनास्थल पुगेको छ।