मुख्यमन्त्री कार्कीको गाडीमा पहिचानवादीले गरे आक्रमण

न्युजलय २६ मङ्सिर २०८०, मङ्गलबार ०८:५१ मा प्रकाशित

काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको गाडीमाथि ढुंगा प्रहार भएको छ । पहिचानवादीले मंगलबार (आज) कार्की चढेको गाडीमा आक्रमण गरेका हुन् ।

मंगलबार झापाको दमकमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा झापामा कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो ।

ढुंगा लागेर मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको छ ।